उपेन्द्रले औंल्याए राज्य पुनर्संरचनाको आवश्यकता,अहिलेका सातवटै प्रदेश काम नलाग्ने दाबी – Sagarmathapana:: Online News Portal

उपेन्द्रले औंल्याए राज्य पुनर्संरचनाको आवश्यकता,अहिलेका सातवटै प्रदेश काम नलाग्ने दाबी

   २०८२ असार २८ गते  

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सातवटै प्रदेश काम नलाग्ने बताएका छन् । आज (शनिबार) दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटिम) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि राज्य पुनर्संरचना गरिनुपर्ने बताएका हुन् ।

‘अहिले निर्माण गरिएको यो सात वटा प्रदेश कामै लाग्दैन । कुनै प्रदेश काम लाग्दैन । यो प्रदेश संरचना पहिचानको आधारमा भएकै छैन,’– उनले भने ।

साथै, उनले सबै उत्पीडित समुदाय एकताबद्ध हुन आवश्यक रहेको बताए । सबै उत्पीडित समुदाय एकतावद्ध नभएसम्म परिवर्तन सम्भव नहुने उनले बताए ।

अहिले नेपालमा समानता नरहेको उनले बताए । सबैभन्दा बढी दलित समुदाय पिछडिएको बताउँदै उनले पुँजीवादी व्यवस्थामा दलितले चुनावमै प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै