प्रथम सुनाकोठी सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२’ मा आज विशेष प्रस्तुति, गजल क्विन निशा देशारले मञ्च तताउने – Sagarmathapana:: Online News Portal

प्रथम सुनाकोठी सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२’ मा आज विशेष प्रस्तुति, गजल क्विन निशा देशारले मञ्च तताउने

   २०८२ असार २५ गते  

काठमाडौं-ललितपुरको सुनाकोठीमा जारी ‘प्रथम सुनाकोठी सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२’ मा आज विशेष प्रस्तुति रहने भएको छ। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा गत १९ असारदेखि सुरू भएको महोत्सव ३२ असारसम्म चल्नेछ।

ललितपुर महानगरपालिका–२७ मा चापागाउँ जाने मुख्य बाटो नजिकै भइरहेको महोत्सवमा स्थानीय घरेलु उत्पादन, कृषिजन्य सामग्री र औद्योगिक वस्तुहरू सस्तो मूल्यमा बिक्री भैरहेका छन्। साथसाथै, हरेक दिन लोकप्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि आकर्षण बनेको छ।

आज २५ असार, बुधबारका दिन महोत्सवमा गजल क्विनको रूपमा परिचित लोकप्रिय गायिका निशा देशार तथा चर्चित गायक डिजराज पौडेलले विशेष प्रस्तुति दिनेछन्। महोत्सवका प्रमुख आयोजक एवं वरिष्ठ लोकगायक नमराज ढुंगानाका अनुसार, आजको कार्यक्रम विशेष रूपमा मनोरञ्जनात्मक हुने छ।

कार्यक्रमको सञ्चालन गायक सुवास महतले गर्नेछन् भने आजको सांगीतिक मञ्चमा गायक राम महत र प्रतिमा अर्यालको पनि विशेष प्रस्तुति रहनेछ। साथै, स्थानीय कलाकारहरूले समेत आफ्ना प्रतिभा प्रस्तुत गर्ने मौका पाउनेछन्।

आजको कार्यक्रम हेर्नका लागि प्रवेश शुल्क रु ८० तोकिएको छ भने विद्यार्थीहरूलाई विशेष छुट दिइँदै रु ५० मा प्रवेशको व्यवस्था गरिएको आयोजक ढुंगानाले जानकारी दिएका छन्।

महोत्सवमा सहभागिता जनाई नेपाली कला, संस्कृति र उत्पादनमा साथ दिऔं भन्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले स्थानीय क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै