समुदायकै पहिलो राष्ट्रीय राजनैतिक दलको केन्द्रीय सदस्य बने तेन्जिङ्ग भुटिया
काठमाडौं । तेन्जिङ भोटिया बने शिङ्सा ल्होमी भोटे वा भोटिया समुदायबाट राष्ट्रीय राजनैतिक दलको पहिलो केन्द्रीय सदस्य ।।
गत निर्वाचनमा सखुवासभा जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका युवा व्यवसायी शिक्षासेवी तथा समाजसेवी तेन्जिङ भोटिया राष्ट्रीय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएको छ ।
सखुवासभा जिल्ला भोटखोला गाउपालिका बाट कुनै पनि राष्ट्रीय दलमा केन्द्रीय सदस्य बन्ने शिङ्सा, ल्होमी, भोटे वा भोटियाको पहिलो व्यक्ति बन्न सफल तेन्जिङ भोटिया गायक मोडल , कलाकार र म्युजिक भिडियो निर्देशक समेत हुन ।
गत लकडाउनको बेला “द तेन्जिङ्स शो” चलाएर राष्ट्रीय कलाकार समाजसेवी एवम विग्यहरुको अन्तरवार्ता समेत लिई सकेको तेन्जिङ एक प्रखर वाक्ता समेत हुन ।
सखुवासभा जिल्लाबाट राप्रापामा केन्द्रीय सदस्यको रुपमा तेन्जिङ को आगमन सङै अब एमाले र काङ्रेसको विकल्प खोजी रहेको सखुवासभालीहरुको लागि तेन्जिङ आगामी ८४ को निर्वाचन मा राम्रो विकल्प बनेर उदाएको छ ।












