हराएको सरकारी गाडी छोरीलाई ‘उपहार’ – Sagarmathapana:: Online News Portal

हराएको सरकारी गाडी छोरीलाई ‘उपहार’

   २०८२ असार २१ गते  

काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले मन्त्रालयकै सरकारी गाडी पार्टी अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर (झा) लाई ‘उपहार’का रूपमा दिएको खुलेको छ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री भण्डारीले पुनः मन्त्री पदमा नियुक्तिमा अध्यक्ष ठाकुरको ‘भूमिका’को बदलामा यस्तो सुविधा प्रदान गरेका हुन्।

गाडी (महिन्द्रा स्कोर्पियो, नम्बर: प्रदेश ३–०१–००२ झ ५३६७) कुनै औपचारिक प्रक्रिया विना निजी प्रयोजनका लागि हस्तान्तरण गरिएको हो।

उक्त घटनाले मन्त्री भण्डारी र श्रम सचिव कृष्णहरि पुष्करबीच तीव्र मतभेदसमेत सिर्जना गराएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै