हलेसी तुवाचुङ नगरपालिकामा नगर प्रथम विद्यार्थी र विद्यालयलाई नगद पुरस्कार प्रदान गरियो – Sagarmathapana:: Online News Portal

हलेसी तुवाचुङ नगरपालिकामा नगर प्रथम विद्यार्थी र विद्यालयलाई नगद पुरस्कार प्रदान गरियो

   २०८२ असार १९ गते  

हलेसी (खोटाङ)– हलेसी तुवाचुङ नगरपालिकाले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका नगर प्रथम र द्वितीय विद्यार्थी तथा विद्यालयहरूलाई विशेष नगद पुरस्कार वितरण गरेको छ।

नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार अभियानअन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) तथा कक्षा ४ देखि ९ सम्मका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई प्रोत्साहनस्वरूप नगद प्रदान गरेको हो।

नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीका अनुसार एसइईमा छात्रतर्फ लक्ष्मी मावि बडहरेका गणेशकुमार दाहाल ३.५३ जिपिएसहित नगर प्रथम र च्यास्मिटार माविका सोनम राई ३.३४ जिपिएसहित नगर द्वितीय भएका छन्। छात्रातर्फ लक्ष्मी माविकी दुर्गाकुमारी कटवाल र सरस्वती मावि अर्खौलेकी जेनिशा श्रेष्ठ ३.३१ जिपिए ल्याएर संयुक्त रुपमा प्रथम बनेका छन् भने महेन्द्रोदय माविकी स्वस्तिका राई ३.२९ जिपिएसहित द्वितीय भएकी छन्।

नगर प्रथम विद्यार्थीलाई ५०/५० हजार र द्वितीयलाई २५/२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो।

यसैगरी, कक्षा ४ देखि ९ सम्मका नगर प्रथम र द्वितीय विद्यार्थीलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ दिइएको छ।

कक्षा ४: सुनिता विश्वकर्मा (प्रथम), रोशिका अधिकारी (द्वितीय)

कक्षा ५: काजल विश्वकर्मा (प्रथम), मनिष राई (द्वितीय)

कक्षा ६: पनिता राई (प्रथम), एन्जलिका राई (द्वितीय)

कक्षा ७: लक्ष्मी राई (प्रथम), युनिशा राई (द्वितीय)

कक्षा ८: रोजिना कार्की (प्रथम), सविना कार्की (द्वितीय)

कक्षा ९: अनिल कटवाल (प्रथम), रजिका राई (द्वितीय)

विद्यालयतर्फ एसइई नतिजाका आधारमा लक्ष्मी मावि बडहरे प्रथम (५० हजार), कालिका मावि बाहुनीडाँडा द्वितीय (३० हजार) र महेन्द्रोदय मावि महादेवस्थान तृतीय (१५ हजार) भएका छन्।

कक्षा ४-५ का विद्यालयतर्फ:

प्रथम: बोझेओढार आधारभूत विद्यालय (३० हजार)

द्वितीय: कलङ्का आधारभूत विद्यालय (१५ हजार)

तृतीय: देउराली आधारभूत विद्यालय (१० हजार)

कक्षा ६-८ का विद्यालयतर्फ:

प्रथम: शान्ति आधारभूत विद्यालय (४० हजार)

द्वितीय: मालिकादेवी आधारभूत विद्यालय (२० हजार)

तृतीय: बुलापन्थे मावि (१० हजार)

कक्षा ९ मा:

प्रथम: दुर्छिम मावि दुर्छिम (५० हजार)

द्वितीय: दाम्ली मावि डिकुवा (३० हजार)

तृतीय: मालिकादेवी मावि (१५ हजार)

पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतको उपस्थिति थियो।

सो अवसरमा नगरपालिकाले दुर्छिमस्थित होलेसुङ रिसोर्टमा आयोजित कार्यक्रममार्फत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा, नगर प्रथम विद्यार्थी र विद्यालयलाई नगद पुरस्कार वितरण तथा हलेसी मन्दिर व्यवस्थापन समितिलाई पञ्चेबाजा हस्तान्तरण समेत गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै