शंकरको लघु चलचित्र ‘रातो भाले’ को ट्रेलर सार्वजनिक
युएइ नेपाल खबर। लामो समय देखि युएइमा रहेर व्यवसाय गर्दै आएका गायक तथा कलाकार शंकर श्रेष्ठ अभिनित लघु चलचित्र ‘रातो भाले’ को ट्रेलर केहि दिन अघि युट्युबमा सार्वजनिक गरिएको छ। नगेन्द्र नेपालको निर्देशनमा बनेको लघु चलचित्र ‘रातो भाले’को कथा रोशन श्रेष्ठको रहेको छ। अमर श्रेष्ठ निर्मित लघु चलचित्रको छायाँकन र सम्पादन रोशन श्रेष्ठले गरेका हुन्।
लघु चलचित्रमा शंकरको अलावा सिगु रतन,सोनिया कटवाल,राजु खरेल,दिलिप कुमार,नसिब मुखिया,कृष्ण अनमोल,नगेन्द्र नेपाल,सुष्मा श्रेष्ठ,पदम कोइराला,तुल बिक्रम तामाङ,केशर श्रेष्ठको अभिनय रहेको छ। ट्रेलर क्रियटिभ हावर प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।












