कैलाश मानसरोवर यात्राका क्रममा फिजीका तीर्थयात्रीको मृत्यु – Sagarmathapana:: Online News Portal

कैलाश मानसरोवर यात्राका क्रममा फिजीका तीर्थयात्रीको मृत्यु

   २०८२ असार १० गते  

काठमाडौं।कैलाश मानसरोवर तीर्थयात्राका क्रममा एक विदेशी तीर्थयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।असार ७ गते चीनको भूभागमा सिंहको निधन भएको हो ।

प्रहरीका अनुसार, मृतकको शव केरूङ नाका हुँदै स्याफ्रुबेँसीबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

सिंहको मृत्युको यकिन कारण खुल्न बाँकी रहेको जनाइएको छ । यद्यपि उच्च हिमाली क्षेत्रको कठिन यात्रा र शारीरिक चुनौतीका कारण स्वास्थ्यसम्बन्धी जटिलता हुनसक्ने अनुमान गरिएको छ ।

कैलाश मानसरोवर यात्रा धार्मिक एवं आध्यात्मिक महत्व बोकेको कठिन तीर्थयात्रा हो, जहाँ हरेक वर्ष विश्वभरिबाट हजारौं श्रद्धालु सहभागी हुने गर्छन् ।

यसपटकको घटनाले उच्च हिमाली यात्रामा आवश्यक स्वास्थ्य परीक्षण र पूर्वतयारीको आवश्यकता झनै गम्भीर ढंगले उठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै