छुक्चुवा बरुणको जलविद्युत् विरोध : जनप्रतिनिधिलाई जुत्ताको माला लगाइने चेतावनी
संखुवासभा।चीनको सिमाना जोडिएको संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर ४ स्थित पवित्र धार्मिकस्थल छुक्चुवा बरुण नदीमा जलविद्युत् आयोजना ल्याउने प्रयासप्रति स्थानीय समुदायले तीव्र विरोध जनाएका छन्। जल जमिन बेच्ने जनप्रतिनिधिलाई जुत्ताको माला लगाइनेछ भन्ने चेतावनीसहित स्थानीय युवाहरू आन्दोलित भएका छन्।
एम्पिक इनर्जी प्रालिले उक्त क्षेत्रमा जलविद्युत् आयोजना सञ्चालन गर्न गाउँपालिकासँग सिफारिस माग गरेपछि, वडाले सो पत्रको बारेमा सुझाव माग्दै पत्राचार गरेको छ। तर, यसैलाई लिएर स्थानियहरूमा असन्तोष चुलिएको छ।
स्थानीयको आक्रोश :
भोटखोला निवासी आकाश लिङ्बोले सामाजिक सञ्जालमा भावुक र आक्रोशपूर्ण स्टाटस लेख्दै जनप्रतिनिधिहरूलाई चेतावनी दिएका छन्। उनको स्टाटसमा भनिएको छ:
“जुत्ताको माला लाउने हो कि फुलको माला लाउने हो, तपाईंहरू आफैं निर्णय लिनुहोस्!
जल जमिन बेच्ने जनप्रतिनिधि चाहिँदैन।
यदि सिफारिसमा सहि भयो भने, कालो मोसो दली, पदमुक्त गराउने मात्र हैन – जेल चलान गर्ने तयारीसमेत गरिएको छ।”
उनले यसलाई केवल परियोजनाको विषय नभइ पवित्र धार्मिक स्थलको अस्तित्व र इतिहासको सवाल रहेको बताएका छन्।

‘जलमाफिया’ बिरुद्धको आन्दोलन :
आन्दोलनकारीहरूको भनाइमा, छुक्चुवा बरुण केवल नदी मात्र नभएर सांस्कृतिक, धार्मिक र ऐतिहासिक पहिचान बोकेको स्थल हो। त्यसैले त्यहाँ जलविद्युत् परियोजना ल्याउनु धर्म, संस्कृति र सम्पदा माथिको हमला हो।
“जलमाफिया होसियार!” भन्ने नारासहित उनीहरू अभियानमा जुटेका छन्।
भविष्यको संकेत:
यदि जनप्रतिनिधिहरूले जनभावना विपरीत सिफारिस गरेमा:
कालो मोसो दल्ने,
पदमुक्त गराउने,
जेलसम्म पुर्याउने चेतावनी दिइएको छ।
स्थानिय युवाहरू, नागरिक समाज, विद्यार्थी, सामाजिक अभियन्ता, र राजनीतिक सचेत समूहहरू मिलेर एउटा साझा आन्दोलन निर्माण गर्दैछन्।
सम्बन्धित निकायलाई अपिल:
स्टाटसमा यो पनि अपिल गरिएको छ कि —
यदि यो सूचना सत्य हो भने “जनताको आवाज सुनेर जनप्रतिनिधिले हस्ताक्षर गर्नु अघि विचार पुर्याउन” अनुरोध गरिएको छ।
छुक्चुवा बरुणको जलविद्युत आयोजना अब केवल विकासको मुद्दा नभई, जनप्रतिनिधिको नैतिकता, पारदर्शिता र स्थानीय पहिचानको संरक्षणसँग जोडिएको चर्को बहसको विषय बनिसकेको छ।












