अमेरिकाको नर्थ क्यारोलिनाका लागि विक्रम घिमिरे पर्यटन सदभावना दूतमा नियुक्त
काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली एनआरएनए अभियानकर्मी, युएनमा नेपालको प्रतिनिधित्व गर्दै आएका घिमिरेलाई नर्थ क्यारोलीना अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ । पर्यटन प्रवर्द्धनमा सक्रिय घिमिरेलाई यही पुस ८ गते मन्त्रीस्तरीय निर्णयबाट नर्थ क्यारोलिनाको पर्यटन सद्भावना दूतमा नियुक्ति गरिएको हो ।
चार वर्षे कार्यकालका लागि घिमिरे नियुक्त भएका हुन् । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ ।
घिमिरेले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।
नवनियुक्त पर्यटन दूत घिमिरेले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त भएकोमा नेपाल सरकारप्रति आभार प्रकट गरेका छन् ।












