गायक राहुल रक्सको एकल साँझ काठमाडौँमा हुने – Sagarmathapana:: Online News Portal

गायक राहुल रक्सको एकल साँझ काठमाडौँमा हुने

   २०८० श्रावण १० गते  

काठमाडौँ। गायक राहुल रक्सको एकल साँझ काठमाडौँमा हुने भएको छ। ‘राहुल रक्स लाइभ पर्फर्मेन्स अ मेलोडीयस नाइट’ नाम दिइएको साँझमा राहुलले आफ्ना गीत संगै बिभिन्न हिट नम्बरहरु प्रस्तुत गर्नेछन्। गायक राहुल रक्सका दर्जन बढि आफ्नै गीतहरु सार्वजनिक भई सकेका छन्। राहुलका एक नजर,जीवन सुनमा सुगन्ध,तिमि रिसाउदा,वेबी आइ लभ यु लगायत गीतका भिडियो सहित सार्वजनिक भई सकेका छन् भने केहि गीतहरु सार्वजनिक हुने तयारीमा रहेका छन्। उक्त साँझमालाई सेलिब्रेटी नेपालले आयोजना गरेको हो। ब्राभो क्याफे एण्ड बार बानेस्वरमा शुक्रवार साँझ उक्त कार्यक्रम हुनेछ। कार्यक्रममा भएको आम्दानीको केहि प्रतिशत सामाजिक कार्यमा खर्च गरिने गायक रक्सले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै