ठुलीभेरी नगरपालिकामा शैक्षिक गुणस्तर सुदृढीकरण तालिम सुरु – Sagarmathapana:: Online News Portal

ठुलीभेरी नगरपालिकामा शैक्षिक गुणस्तर सुदृढीकरण तालिम सुरु

   २०८२ बैशाख २९ गते  

ठुलीभेरी,डोल्पा।मिति २०८२ साल वैशाख २८ गते ठुलीभेरी नगरपालिकाको आयोजनामा शैक्षिक गुणस्तर सुदृढीकरणका लागि विशेष तालिम कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ। नगर प्रमुख सुबर्ण कुमार बुढा ज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकाया, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख हर्शरुप चौलागाईं लगायत शैक्षिक क्षेत्रका सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत ठुलीभेरी नगरपालिकाका २४ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू, प्रधानाध्यापक तथा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिनेछ। तालिममा शैक्षिक नेतृत्व, शिक्षक र अभिभावकको भूमिका, विद्यार्थी क्यारियर काउन्सिलिङ लगायतका विषयमा सशक्तिकरण गरिने जनाइएको छ।

नगर प्रमुख बुढाले तालिममार्फत नगर क्षेत्रको शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी सबैलाई सफलताको शुभकामना दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै