बनेपाका मेयर उम्मेदवार कर्माचार्यले भस्ट्राचार गर्नेछैन र भस्ट्राचारीलाई माफी दिनेछैन भन्दै खाए सपथ – Sagarmathapana:: Online News Portal

बनेपाका मेयर उम्मेदवार कर्माचार्यले भस्ट्राचार गर्नेछैन र भस्ट्राचारीलाई माफी दिनेछैन भन्दै खाए सपथ

   २०७९ बैशाख १६ गते  

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी काभ्रे जिल्ला बनेपा नगरपालिका राप्रपाबाट उम्मेदवारी दिएका युवा नेता रेमन्ड कर्माचार्यले राम मन्दिरमा भस्ट्राचार गर्ने छैन र भस्ट्राचारीलाई माफी दिने छैन भन्दै सपथ खाएका छन् । युवालाई भोट अग्रजलाई मान भ्रस्टाचार मुक्त नगर हाम्रो अभियानका साथ चुनाव प्रचार प्रसारमा लागेका कर्माचार्य लगायत बनेपाबाट उपमेयर उम्मेदवार रुपा बिस्ट सहित बनेपाका विभिन्न वडाबाट वडा अध्यक्षमा उम्मेदवारी दिने उम्मेदवारहरुले सपथ खाएका हुन् ।

बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको राम मन्दिरमा आयोजित एक कार्यक्रममा उम्मेदवारहरुले जनता समक्ष प्रतिबद्दता जनाउदै सपथ खाएका हुन् । उक्त कार्यक्रम पश्चात उम्मेदवार तथा राप्रपाका कार्यकर्ताहरुले घर दैलो कार्यक्रम गरेका थिए।

गाउँ घरमा पुग्दा जनताहरुले पनि उम्मेदवारहरुलाई स्वागत गरेका थिए। सत्ता पक्षका दलहरु र सत्ता पक्ष बाहिरका दलहरु बिचको प्रतिस्पर्धामा काभ्रे जिल्ला बनेपा नगरपालिकामा तेस्रो शक्तिको रुपमा राप्रपा रहेको छ। यति बेला उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिई रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै