डेटा शुल्क घटाउने टेलिकमको तयारी – Sagarmathapana:: Online News Portal

डेटा शुल्क घटाउने टेलिकमको तयारी

   २०७८ चैत्र ५ गते  

काठमाडौं। नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको उनको भनाइ छ ।

तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनको भनाई थियो । नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन् । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरिन् । नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घट्ने वित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने बताउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै