प्रधानमन्त्री ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको निम्तो
कर्णाली :प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निम्तो दिएका छन्। मुख्यमन्त्री कँडेलले आज काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्न निम्तो दिएका हुन्।

यही फागुन २३ गते कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीलाई निमन्त्रणापत्र दिइएको मुख्यमन्त्री कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीको उक्त सम्बोधनबाट कर्णालीको पूर्वाधार विकास, राष्ट्रिय गौरवको आयोजना र प्रदेशको जीवनरेखा मानिने कर्णाली र भेरी करिडोर निर्माणमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले यसअघि लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए।














