माघ ७ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय
काठमाडौं। काठमाडौँ उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् । माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।
सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थ सहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका साधान बोकेका सवारीलाई जोर बिजोर लागु हुने छैन ।












