शिक्षामन्त्री भट्टराईलाई क्षयरोग नभएको पुष्टि, एक साता आराम गर्न चिकित्सकको सुझाव – Sagarmathapana:: Online News Portal

शिक्षामन्त्री भट्टराईलाई क्षयरोग नभएको पुष्टि, एक साता आराम गर्न चिकित्सकको सुझाव

   २०८१ फाल्गुन १३ गते  

काठमाडौं।केही दिनदेखि अस्पतालमा उपचाररत शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा सुधार देखिएको छ ।

स्वास्थ्यमा समस्या भएपछि चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी भट्टराईलाई क्षयरोगको आशंका गरिएको थियो । यद्यपि उनलाई क्षयरोग नभएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

घाँटीमा समस्या देखिएकोले चार दिन देखि अस्पतालमा उपचाररत रहेकी मन्त्री भ्टरटाईलाई भोकल कर्ड (श्वर नली) मा समस्या आएपछि एक हप्ता नबोलेर आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छ्न ।

मन्त्री भट्टराईलाई भेट्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि आज अस्पताल पुगेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै