काठमाडौँमा सुरक्षित इन्टरनेट दिवस कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

काठमाडौँमा सुरक्षित इन्टरनेट दिवस कार्यक्रम सम्पन्न

   २०८१ माघ २९ गते  

काठमाडौँ।CWIN, WYESHR, CeLLRd संयुक्त आयोजनामा TDH netherlands सहयोगमा काठमाडौँ स्थित सुरक्षित इन्टरनेट दिवस कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि CWIN अध्यक्ष माधव प्रधान ज्यूले गर्नु भएको थियो। कार्यक्रमको शुरुवात CWINका अध्यक्ष र कार्यक्रमका सभाध्यक्ष माधव प्रधानज्यू बाट पानसमाथि बत्ती बालेर शुरुवात गरिएको थियो।


सुरक्षित इन्टरनेट दिवस (Safer Internet Day) प्रत्येक वर्षको फरवरी महिनाको दोस्रो मंगलवार मनाइन्छ। यो दिवसको शुरुवात २००४ मा युरोपमा गरिएको थियो, र यसको मुख्य उद्देश्य इन्टरनेटको सुरक्षित र जिम्मेवार प्रयोगको प्रचार गर्न हो। यस दिनलाई प्रमुख रूपमा बालबालिका, किशोर-किशोरीहरू, र सबै इन्टरनेट प्रयोगकर्ताहरूलाई अनलाइन सुरक्षा र गोपनीयताको महत्त्वको बारेमा जागरुक बनाउन मनाइन्छ।


सुरक्षित इन्टरनेट दिवसको शुरुवात बेलायत र युरोपका विभिन्न मुलुकहरूमा भयो, र यस दिनको उद्देश्य थियो अनलाइन सुरक्षा र गोपनीयता प्रबर्द्धन गर्नु,अनलाइन ठगी, साइबर बुलिङ र अन्य नकरात्मक प्रभावहरूबाट बच्नका लागि जनचेतना फैलाउनु। सबै उमेर समूहका मानिसहरूको बीचमा सुरक्षित इन्टरनेट प्रयोगको सन्देश दिनु।समय सँगै, यो दिवस विश्वभरका विभिन्न देशहरूमा मनाइने एउटा ठूलो अन्तर्राष्ट्रिय घटना बनेको छ। नेपालमा पनि यो दिवस मनाउने परिपाटी हालैका वर्षहरूमा प्रचलित भएको छ, जहाँ विद्यालय, विश्वविद्यालय, सरकारी संस्था र निजी क्षेत्रका संगठनहरू मिलेर विभिन्न कार्यक्रमहरूको आयोजना गर्छन्। यस दिवसको प्रमुख उद्देश्य भनेको हामी सबैलाई अनलाइन सुरक्षा, गोपनीयता, र सकारात्मक इन्टरनेट प्रयोगको बारेमा जानकारी दिनु हो भने कुरा स्वागत मन्तव्यमा WYESHR का कोषाध्यक्ष भावना आयरज्यू प्रकाश पर्नु भयो।

कार्यक्रममा बालबालिकालाई कसरी अनलाइन शोषणबाट सुरक्षित राख्ने र कामकाजी बस्था आमा-बुबाले ध्यान दिनु पर्ने कुरा बारे RED Ant movementsका youth change makers हरूले प्रदर्शन गरेका थिए।TDH Netherlands Nepalका परियोजना अधिकारी श्री नीता श्रेष्ठज्यूले “Child led research”को बारे प्रस्तुतीकरण दिनु भएको थियो, जसमा ८४ जना बालबालिकाहरुको सहभागिता रहेको थियो। बागमती प्रदेशबाट ६४ जना रातो कमिला बाल क्लबका बालबालिका थिए भने, गण्डकी प्रदेशबाट २० जना बालबालिका सहभागी भएका थिए। बालबालिकाले आफ्नो विद्यालयमा रहेका शिक्षक, अभिभावकलाई सुरक्षित इन्टरनेटको बारेमा शिक्षक र अभिभावकको भूमिका र बुझाइ बारे डेटा सङ्कलन गरी प्रतिवेदन तयार गरेका थिए भन्ने जानकारी दिनु भएको थियो

उक्त प्रस्तुतीकरणलाई साथ दिदै बजरबराही रातो कमिला बाल क्लबका सदस्य प्रगति तिमल्सिनाले आफू र आफ्नो समूहले प्रश्न तयार गरेको र सबै प्रक्रियामा आफूहरूको ठूलो भूमिका रहेको कुरा प्रस्तुत गरिनl
अनुसन्धानमा सहभागी रहेका रातो कमिला बाल क्लबका प्रतिनिधि हरु राजु लामा, प्रगति तिमल्सिना, आयुषा तिमल्सिना साथै कार्यक्रमका प्रमुख अतिथी ज्यूहरुबाट प्रतिवेदन सार्वजनिक गरिएको थियो।

कार्यक्रमका अतिथि सञ्चार सुरक्षा प्रविधि मन्त्रालय र साइबर सुरक्षा कोषका प्रमुख राज कुमार महर्जन ज्यूले साइबर सुरक्षा सम्बन्धी नियम कार्यन्वयन आउने कुरा जानकारी गराउनु भयो रअहिले को नया साइबर कानुन र नया नियम समन्धि अर्का अथिती (ISPAN) इन्टरनेट सेवा प्रदायक संस्थाका प्रमुख ज्यूले सुरक्षित इन्टरनेट सेवा समन्धी प्रष्ट पार्नु भयेको थियोl उक्त कार्यक्रममा सरकारी वकिल कार्यालय, नेपाल प्रहरी, सामाजिक संस्था, विद्यालय शिक्षकका प्रतिनिधि गरेर जम्मा १२३ जनाको सहभागिता रहेको थियो, जसमा ८० प्रतिशत सहभागिता बालबालिकाको रहेको थियो।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै