प्रभु साहविरूद्ध अदालतको अवहेलना मुद्दा पेस
काठमाडौं-आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध अदालतको अवहेलना मुद्दा पेस भएको छ।
फेसबुकमा न्यायाधीशविरूद्ध लेखेपछि प्रदीपकुमार यादवले साहविरूद्ध मुद्दा हालेका हुन्।
यो मुद्दा न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेस भएको छ। मुद्दा दर्ता भने भइसकेको छैन।
उक्त इजलासले अवहेलना मुद्दा दायर गर्ने वा नगर्ने भन्ने विषयमा निर्क्यौल गर्ने अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए।
‘मुद्दा दर्ता भइसकेको छैन, पेस भएको हो। दर्ता हुन्छ/हुँदैन साँझसम्म थाहा हुन्छ,’ उनले भने।












