मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली विजयी, मनाङमा टेकबहादुर गुरुङ निर्वाचित – Sagarmathapana:: Online News Portal

मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली विजयी, मनाङमा टेकबहादुर गुरुङ निर्वाचित

   २०८२ फाल्गुन २२ गते  

काठमाडौं।प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मुस्ताङबाट योगेश गौचन थकाली विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार थकालीले कुल ३ हजार ३०७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन्। थकालीले उल्लेख्य मतान्तरसहित जीत निकाल्दै मुस्ताङमा कांग्रेसलाई सफलता दिलाएका हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै मुस्ताङमा कांग्रेस समर्थकहरूले खुसीयाली मनाउन थालेका छन्।

यसैबीच मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङ २ हजार ४१५ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन आयोग नेपालका अनुसार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ भने विभिन्न निर्वाचन क्षेत्रका नतिजा क्रमशः सार्वजनिक भइरहेका छन्। मुस्ताङ र मनाङबाट आएको परिणामसँगै कांग्रेसले हिमाली जिल्लामा महत्वपूर्ण सफलता हासिल गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै