रास्वपाका ९ उम्मेदवार विजयी, विभिन्न क्षेत्रमा जित
काठमाडौँ।प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा Rastriya Swatantra Party (रास्वपा) का ९ जना उम्मेदवार विभिन्न निर्वाचन क्षेत्रबाट विजयी भएका छन्।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवारहरूले उल्लेख्य मतका साथ जित हासिल गरेका हुन्।

काठमाडौँ क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना, काठमाडौँ–२ बाट पुकार बम, काठमाडौँ–५ बाट सस्मित खरेल, काठमाडौँ–७ बाट गणेश पराजुली तथा काठमाडौँ–८ बाट विराज भक्त श्रेष्ठ विजयी भएका छन्।
त्यसैगरी कञ्चनपुर–२ बाट दीपकराज बोहरा, धनुषा–३ बाट मनीष झा, रूपन्देही–३ बाट डा. लेखजङ्ग थापा र बाँके–३ बाट खगेन्द्र सुनार पनि विजयी भएका छन्।
निर्वाचनमा विजयी भएका सबै उम्मेदवारहरूलाई शुभेच्छुक तथा समर्थकहरूले बधाई दिएका छन्।












