अबुधाबीमा ज्यान गुमाएका गोरखाका दिबश श्रेष्ठको शव आज बिहान नेपाल ल्याइँदै – Sagarmathapana:: Online News Portal

अबुधाबीमा ज्यान गुमाएका गोरखाका दिबश श्रेष्ठको शव आज बिहान नेपाल ल्याइँदै

   २०८२ फाल्गुन २३ गते  

 

काठमाडौं।संयुक्त अरब इमिरेट्सको Abu Dhabi International Airport मा ड्रोन निष्क्रिय गर्ने क्रममा भएको घटनामा ज्यान गुमाएका गोरखा घर भएका २९ वर्षीय दिबश श्रेष्ठको पार्थिव शरीर आज बिहान नेपाल ल्याइँदै छ।

गत १ मार्च २०२६ मा उक्त घटनामा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको दुःखद निधन भएको थियो। सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी आज राति २ बजे मृतकको शव भेरिफिकेसनका लागि आफन्तलाई उपस्थित गराइएको थियो। त्यसपछि आज बिहान ९:१५ बजे हवाई उडानमार्फत पार्थिव शरीर नेपाल पठाइने व्यवस्था गरिएको जानकारी दिइएको छ।


यस दुःखद घटनापछि सम्पूर्ण प्रक्रिया व्यवस्थापन तथा समन्वयमा सहयोग गर्ने Embassy of Nepal, Abu Dhabi, युएई सरकार तथा विभिन्न व्यक्ति र संघ–संस्थाप्रति नेवाः पुचः युएई परिवारले आभार व्यक्त गरेको छ।

नेवाः पुचः युएईका महासचिव कुमार बलामीले जारी गरेको वक्तव्यमा स्वर्गीय दिबश श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै