काठमाडौं उपत्यकामा रास्वपाको क्लिन स्वीप,सबै १० क्षेत्रमा विजय
काठमाडौं।प्रतिनिधिसभा निर्वाचनको मतगणना परिणाम सार्वजनिक भएसँगै काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ। काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै पार्टीले क्लिन स्वीप गरेको हो।
अन्तिम मतपरिणामअनुसार काठमाडौं–१ देखि काठमाडौं–१० सम्म सबै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले विजय हासिल गरेका छन्। यससँगै उपत्यकामा रास्वपाले आफ्नो बलियो जनसमर्थन प्रमाणित गरेको विश्लेषण गरिएको छ।

काठमाडौंका विजयी उम्मेदवारहरू यसप्रकार छन् :
- काठमाडौं–१ : रञ्जु दर्शना
- काठमाडौं–२ : सुनिल केसी
- काठमाडौं–३ : राजु नाथ पाण्डे
- काठमाडौं–४ : पुकार बम
- काठमाडौं–५ : सस्मित पोखरेल
- काठमाडौं–६ : शिशिर खनाल
- काठमाडौं–७ : गणेश पराजुली
- काठमाडौं–८ : विराज भक्त श्रेष्ठ
- काठमाडौं–९ : डोल प्रसाद अर्याल
- काठमाडौं–१० : प्रदीप बिष्ट
यस परिणामलाई पुराना दलहरूका लागि ठूलो झट्का र नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाको उदयका रूपमा हेरिएको छ। काठमाडौं उपत्यकामा परम्परागत रूपमा प्रभाव जमाउँदै आएका ठूला दलहरूलाई पछि पार्दै रास्वपाले अभूतपूर्व सफलता हात पारेको हो।
मतपरिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवारहरूलाई बधाई तथा शुभकामना दिने क्रम जारी रहेको छ।












