चुनावमा जमानत जफत भएपछि दिवाकर साह पुनः पत्रकारितामा सक्रिय – Sagarmathapana:: Online News Portal

चुनावमा जमानत जफत भएपछि दिवाकर साह पुनः पत्रकारितामा सक्रिय

   २०८२ फाल्गुन २२ गते  

जनकपुरधाम।धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर साह पुनः पत्रकारितामा फर्किएका छन्। संसद छिर्ने योजनासहित चुनावी मैदानमा उत्रिएका साहले अपेक्षित मत नल्याएपछि उनको जमानत जफत भएको हो।

साहले चुनावअघि जनतासँग चन्दा संकलन गरेर चुनाव जित्ने दाबी गरेका थिए। तर निर्वाचन परिणाम सोचेअनुसार नआएपछि उनी पुनः रिपोर्टिङमा सक्रिय भएका छन्।

जेनजी आन्दोलनपछि साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नजिक पुगेका थिए। रास्वपाबाट टिकट पाउने आशा राखे पनि टिकट नपाएपछि उनले पार्टीका प्रवक्ता मनिष झालाई आलोचना गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा ‘आम’ चुनाव चिन्ह लिएर चुनाव लडेका थिए।

निर्वाचनमा अपेक्षित परिणाम नआएपछि साह फेरि पत्रकारितामा सक्रिय देखिएका छन्। आज उनले महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय पुगेर आफू कुटिएको घटनाबारे रिपोर्टिङ गरेको बताएका छन्। सो घटनाकै कारण आफू चुनावी मैदानमा उत्रिएको दाबी उनले गरेका छन्।

निर्वाचन परिणाम अनुकूल नआएपछि साह पुनः पत्रकारितामा फर्किएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै