१४ माघ, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ ।
अमेरिकाको वैदेशिक सहायताको पुनःमूल्यांकन यसको प्रभावकारीता साथै अमेरिकी विदेश नीतिसँग मेल खाने बनाउनका लागि तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारले निर्णय गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार युएसएडका सबै कार्यक्रमहरू तीन महिनाका लागि स्थगित गर्न पत्र प्राप्त भएको ‘सो पत्रमा एमसीसीको विषय उल्लेख छैन, त्यसो हुँदा एमसीसी अन्तर्गतका योजनाहरू प्रभावित हुँदैनन्,’ मन्त्रालय स्रोतले बताएको छ।एमसीसीको अनुदानका अतिरिक्त नेपाल सरकारले यही परियोजनामा १९ करोड ५० लाख अमेरिकी डलर (करिब २६ अर्ब ७१ करोड रुपैयाँ) लगानी गर्दैछ ।
सन् २००४ मा अमेरिकी काङ्ग्रेसले स्थापना गरेको एमसीसीले विश्वका सबैभन्दा गरिब मुलुकहरूलाई प्रजातान्त्रिक शासन, आर्थिक स्वतन्त्रता लागि जनतामा लगानी गर्ने गर्दछ ।












