बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते – Sagarmathapana:: Online News Portal

बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

   २०८१ कार्तिक २२ गते  

बागलुङ- रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। 

रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६जाउलेपानीमा दुर्घटनामा परेको हो। 

दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ। 

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षकचिलवालले बताए। उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै