मौसम खुलेसँगै लुक्ला विमानस्थलबाट एकै दिन सोलुखुम्बु ११ सय भन्दा बढी पर्यटक पुगे – Sagarmathapana:: Online News Portal

मौसम खुलेसँगै लुक्ला विमानस्थलबाट एकै दिन सोलुखुम्बु ११ सय भन्दा बढी पर्यटक पुगे

   २०८१ कार्तिक ५ गते  

काठमाडौं । प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा रोकिएका पर्यटक एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलबाट एकै दिन ११ सय भन्दा बढी पर्यटक पुगेका छन् ।

लामो समयपछि लुक्लामा हवाई उडानको चाप बढेकाले अब विमानस्थल नियमित लयमा फर्किएको उहाँको भनाई छ ।

 हवाई मार्ग खुलेसँगै ११ सय ५५ जना पर्यटक आज लुक्ला पुगेका हुन् । मन्थली र काठमाडौंबाट तारा, समिट र सीता एयर गरी ३ वटा कम्पनीका ४७ वटा जहाजले आज उडान भरे भने विभिन्न कम्पनीका हेलिकप्टरले १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला पु¥याएको तेन्जिङ हिलारी विमानस्थल कार्यालयका प्रमुख उमेश पन्थीले जानकारी दिनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै