कर्जाको माग बढ्यो निक्षेप संकलन घट्यो – Sagarmathapana:: Online News Portal

कर्जाको माग बढ्यो निक्षेप संकलन घट्यो

   २०७८ भाद्र ९ गते  

 

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलनको तुलनामा कर्जाको माग ह्वात्तै बढेको छ । बैंकर्स संघका अनुसार भदौ ४ गते सम्ममा बैंकको संकलन हुने निक्षेप ६ अर्ब रुपैयाँले घटेको छ । साउन ३२ गतेसम्म ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकले भदौ ४ सम्म ६ अर्ब रुपैयाँले घटेर ४१ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ ।

यस्तै वाणिज्य बैंकमा कर्जाको माग ह्वात्तै बढेको छ । साउन ३२ गतेसम्म ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले अहिले ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अवधिमा बैंकहरुबाट जाने कर्जा १४ अर्ब रुपैयाँले बढेको छ । यो सहित बैंकहरुबाट भदौ ४ गतेसम्म ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

पछिल्लो समयमा सरकारले निषेधाज्ञा जारी गरेपनि यो केही खुकुलो भएसँगै बैंकमा कर्जाको माग निकै बढेको छ । त्यसको तुलनामा निक्षेप संकलन भनेको घटेको संघको तथ्याङकले देखाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै