नेपाल एरोप्रेस कफी च्याम्पियनशिप २०२६ मा रोशन बलामीको उत्कृष्ट प्रदर्शन:बने First Runner-Up
काठमाडौं।नेपाल एरोप्रेस कफी च्याम्पियनशिप २०२६ मा ललितपुरस्थित Lost Paradise Café & Barista Academy का Training & Operations Director रोशन बलामीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम उपविजेता (First Runner-Up) को उपाधि हासिल गरेका छन्।

![]()

१७ सेप्टेम्बर २०२६ मा Nuwa Estate Coffee को आधिकारिक आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालभरिका प्रतिभाशाली कफी प्रोफेसनलहरूसँग प्रतिस्पर्धा गर्दै बलामी फाइनल चरणसम्म पुगेका थिए। विभिन्न चुनौतीपूर्ण चरणहरू पार गर्दै हासिल गरेको यो उपलब्धिले नेपाली स्पेसियालिटी कफी क्षेत्रमा उनको क्षमता र समर्पणलाई थप उजागर गरेको छ।
रोशन बलामी कफी शिक्षा, बारिस्टा प्रशिक्षण, कफीको गुणस्तर अभिवृद्धि, ब्रुइङ प्रविधि तथा नयाँ पुस्ताका बारिस्टाहरूको विकासमा सक्रिय रहँदै आएका छन्। Lost Paradise Café & Barista Academy मा प्रशिक्षण तथा सञ्चालनसम्बन्धी जिम्मेवारी सम्हाल्दै उनले नेपाली कफी संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएका छन्।


नेपाल एरोप्रेस कफी च्याम्पियनशिप २०२६ मा रोशन बलामी प्रथम उपविजेता
उनको यो सफलताप्रति परिवार,आफन्त तथा Lost Paradise Café & Barista Academy परिवारले खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन्, नेवा: पुच: युएईका महासचिव कुमार बलामी
जेठोठुल्बाले सामाजिक सञ्जालमार्फत रोशनको उपलब्धिप्रति गर्व व्यक्त गर्दै उनको आगामी यात्राको सफलताको कामना गरेका छन्।
कुमार बलामीले विदेशमा रहेर पनि आफ्ना भाइ–भतिजा तथा नयाँ पुस्ताले आफ्नो प्रतिभा, सीप र मेहनतबाट देशको नाम उज्यालो बनाएको देख्दा अत्यन्तै खुसी लागेको बताएका छन्।


उनले रोशनलाई आगामी दिनमा अझ धेरै सिक्दै, नयाँ प्रयोग गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको स्पेसियालिटी कफी र नेपाली बारिस्टाको पहिचानलाई थप उचाइमा पुर्याउन सफल होऊन् भन्दै शुभकामना दिएका छन्।
रोशन बलामीको यस उपलब्धिले नेपाली कफी क्षेत्रका युवा प्रतिभाहरूलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।














