मिसेस युनिभर्सल–२०२६’ को ताज बिना लिम्बुलाई,मिसतर्फ सरला सौर्य श्रेष्ठ विजयी – Sagarmathapana:: Online News Portal

मिसेस युनिभर्सल–२०२६’ को ताज बिना लिम्बुलाई,मिसतर्फ सरला सौर्य श्रेष्ठ विजयी

   २०८३ भाद्र १७ गते  

काठमाडौं।बिना लिम्बु र सरला सौर्य श्रेष्ठ ‘Sparkle Presents Ultima Professional Miss & Mrs Universal – Season 5 (2026)’ का मुख्य विजेता बन्नुभएको छ। भव्य रूपमा सम्पन्न ग्रान्ड फिनालेमा लिम्बुले Mrs. Platinum Winner तथा श्रेष्ठले Miss Platinum Winner को उपाधि हात पार्नुभएको हो।

प्रतियोगिताको Mrs. Category तर्फ बिना लिम्बुले मुख्य उपाधि जित्दा रोजिना थापा ‘Mrs. Diamond Winner’, अनुसिया श्रेष्ठ ‘Mrs. Gold Winner’ र पूजा बीके बस्नेत ‘Mrs. Silver Winner’ बन्नुभएको छ।

त्यस्तै, Miss Category तर्फ सरला सौर्य श्रेष्ठले ‘Miss Platinum Winner’ को ताज पहिरिनुभएको छ।

यसैबीच, सीता पोखरेलले प्रतियोगितामा दोहोरो सफलता हासिल गर्नुभएको छ। उहाँले दर्शकको उल्लेखनीय समर्थन प्राप्त गर्दै Public Choice Winner को क्राउन जित्नुभएको छ भने Mrs. Confidence Winner को उपाधिसमेत आफ्नो नाममा पार्नुभएको छ। उत्कृष्ट प्रस्तुति र आमदर्शकको स्नेहका कारण पोखरेलले यी दुई उपलब्धि हासिल गर्न सफल हुनुभएको हो।

नारी प्रतिभाको प्रस्फुटन, आत्मबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको ग्रान्ड फिनालेमा समाजका विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा Jury Members, Talent Round का Jury Members, सम्पूर्ण Sponsors, Ultimate Professional Team, Official Choreographer रोजिन सरलगायतको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको समाचार तथा प्रचार–प्रसारका लागि उपस्थित भई प्रतियोगितालाई सञ्चारमाध्यममार्फत थप उचाइ दिन सहयोग गर्ने सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ।

आयोजक Sparkle Team ले प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, माया र हौसला प्रदान गर्ने सम्पूर्ण महानुभावप्रति धन्यवाद व्यक्त गरेको छ।आगामी यात्रामा पनि सबैको निरन्तर साथ, विश्वास र शुभेच्छा प्राप्त हुने अपेक्षा आयोजकले गरेको छ।

ग्रान्ड फिनालेका सम्पूर्ण विजेताहरूलाई आयोजक Sparkle entertainment का सिइओ नितु श्रेष्ठले बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै