राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त – Sagarmathapana:: Online News Portal

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

   २०८३ भाद्र ४ गते  


काठमाडौं।नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

रावल यसअघि राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको प्रमुखका रूपमा कार्यरत थिए। उनले केन्द्रीय बैंकमा करिब दुई दशक काम गर्दै बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनमा अनुभव हासिल गरेका छन्।

नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ। यसअघि रिक्त रहेको एक पदमा रावल नियुक्त भएका हुन्। यसअघि सरकारले किरण पण्डितलाई अर्को डेपुटी गभर्नरमा नियुक्त गरिसकेको छ।

रावलको नियुक्तिसँगै राष्ट्र बैंकको डेपुटी गभर्नरका दुवै पदमा पदाधिकारी कायम भएका छन्। अब उनले मौद्रिक नीति, बैंकिङ नियमन तथा वित्तीय क्षेत्र व्यवस्थापनसँग सम्बन्धित उच्चस्तरीय जिम्मेवारी सम्हाल्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै