उपत्यकामा अव्यवस्थित तार व्यवस्थापनका लागि आइस्पानद्वारा थप १५ दिनको समय माग – Sagarmathapana:: Online News Portal

उपत्यकामा अव्यवस्थित तार व्यवस्थापनका लागि आइस्पानद्वारा थप १५ दिनको समय माग

   २०८३ श्रावण १६ गते  

काठमाडौं।काठमाडौँ उपत्यकाभर बिजुलीका खम्बामा वर्षौंदेखि गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनको काम निर्धारित समयसीमाभित्र सम्पन्न हुन नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिमपटक १५ दिनको थप समय मागेको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको संयुक्त बैठकमा आइस्पानले प्राविधिक तथा व्यवस्थापकीय कारणले तोकिएको अवधिमा काम पूरा गर्न नसकिएको जानकारी दिँदै थप १५ दिनको समय उपलब्ध गराइदिन आग्रह गरेको हो।

बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा उपत्यकाको सौन्दर्य, सार्वजनिक सुरक्षा तथा सेवा प्रवाहलाई ध्यानमा राख्दै अव्यवस्थित तथा प्रयोगविहीन तारहरू यथाशीघ्र हटाई व्यवस्थित गर्न सम्बन्धित निकायहरूलाई प्रभावकारी रूपमा काम अघि बढाउन आग्रह गरिएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै