व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकको विवरण संकलन सुरु,दर्ता गर्न मन्त्री चौधरीको आग्रह – Sagarmathapana:: Online News Portal

व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकको विवरण संकलन सुरु,दर्ता गर्न मन्त्री चौधरीको आग्रह

   २०८३ श्रावण १६ गते  

काठमाडौ- कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले देशभर सञ्चालनमा रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गर्नुभएको छ।

नेपालमा प्राङ्गारिक तथा जैविक मलको उत्पादन प्रवर्द्धन, गुणस्तर अभिवृद्धि तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले मन्त्रालयले यो अभियान सञ्चालन गरेको जनाएको छ।

मन्त्री चौधरीले प्राङ्गारिक मल, भर्मी कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त उद्योग तथा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई अनिवार्य रूपमा आफ्नो विवरण दर्ता गराउन आग्रह गर्नुभएको छ।

उत्पादकहरूले क्यूआर (QR) कोड स्क्यान गरेर वा मन्त्रालयले उपलब्ध गराएको अनलाइन फाराममार्फत आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। विवरण दर्ता गर्ने अन्तिम मिति २०८३ साउन २१ गते (बिहीबार) तोकिएको छ।

मन्त्रालयले समयमै विवरण दर्ता गरी दिगो कृषि विकास, माटोको उर्वराशक्ति संरक्षण तथा प्राङ्गारिक कृषि प्रवर्द्धनको राष्ट्रिय अभियानमा सहभागी हुन सबै व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकलाई आह्वान गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै