नेपालप्रहरीका १० डीएसपीको काज सरुवा, बौद्ध, अछाम,भोजपुर र बैदाममा नयाँ नेतृत्व
काठमाडौं।नेपाल प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरेको छ। सरुवाअनुसार विभिन्न जिल्ला तथा प्रहरी इकाइमा नयाँ नेतृत्व खटाइएको छ।
प्रहरी वृत्त बौद्धमा डीएसपी मदनजित महरालाई पठाइएको छ। यसअघि बौद्धमा कार्यरत डीएसपी सन्तोष रोकाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि महरालाई त्यहाँ जिम्मेवारी दिइएको हो।


यस्तै, जिल्ला प्रहरी कार्यालय अछामको प्रमुखमा डीएसपी पबिन्द्र बमलाई खटाइएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषामा डीएसपी ओम खनालको सरुवा गरिएको छ।
वडा प्रहरी कार्यालय बैदाममा डीएसपी सूर्य बोगटीलाई पठाइएको छ। त्यहाँ कार्यरत डीएसपी नमराज भट्टराईलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ।
![]()
त्यसैगरी जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रमुखमा डीएसपी ज्ञानबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ। भोजपुरका प्रमुख डीएसपी मिन कुँवरलाई प्रहरी प्रधान कार्यालयस्थित भण्डार शाखामा सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले डीएसपी राजु लामालाई प्रहरी प्रधान कार्यालयअन्तर्गत सीआईडी तथा डीएसपी जनक पुरीलाई सीआईबीमा सरुवा गरेको जनाएको छ।
प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
![]()













