बलिउड स्टार शिल्पा शेट्टी काठमाडौंमा,अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा सहभागी हुँदै
काठमाडौं।चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी अन्तर्राष्ट्रियस्तरको पर्यटन तथा इभेन्ट सम्मेलनमा सहभागी हुन शुक्रबार काठमाडौं आइपुगेकी छन्।
उनी सोल्टी होटलमा सुरु भएको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा विशेष अतिथिका रूपमा सहभागी हुन नेपाल आएकी हुन्। सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय एमआईसीई (Meetings, Incentives, Conferences and Exhibitions) तथा ‘डेस्टिनेसन वेडिङ’ केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
आयोजकका अनुसार कार्यक्रममा बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुनेछन्। नेपाली चलचित्रकी चर्चित अभिनेत्री Manisha Koirala समेत सम्मेलनमा उपस्थित रहनेछिन्।
सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट व्यवस्थापक, वेडिङ प्लानर, पर्यटन व्यवसायी, लगानीकर्ता, आतिथ्य क्षेत्रका प्रतिनिधि तथा गन्तव्य विशेषज्ञहरूको सहभागिता रहेको छ। आयोजकको विश्वास छ कि यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाललाई विश्वस्तरमा आकर्षक पर्यटन तथा डेस्टिनेसन वेडिङ हबका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।












