ट्रान्सफर्मर खरिद प्रकरणमा छानबिन समिति गठन, कुलमान र हितेन्द्रदेवको भूमिकामाथि अध्ययन – Sagarmathapana:: Online News Portal

ट्रान्सफर्मर खरिद प्रकरणमा छानबिन समिति गठन, कुलमान र हितेन्द्रदेवको भूमिकामाथि अध्ययन

   २०८३ श्रावण १६ गते  

काठमाडौं।ट्रान्सफर्मर खरिद प्रक्रियामा अनियमितता भएको आशंकापछि सरकारले औपचारिक छानबिन प्रक्रिया अघि बढाएको छ। यसका लागि ऊर्जा मन्त्रालयले शम्भु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

सरकारी स्रोतका अनुसार समितिले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको कार्यकालमा भएका ट्रान्सफर्मर खरिदसम्बन्धी निर्णय, खरिद प्रक्रिया र आर्थिक पक्षको विस्तृत अध्ययन गर्ने जिम्मेवारी पाएको छ। 

समितिले सम्बन्धित कागजात, निर्णय प्रक्रिया र कानुनी पक्षको अध्ययन गरी आफ्नो प्रतिवेदन ऊर्जा मन्त्रालयमा बुझाउनेछ। सो प्रतिवेदनका आधारमा आवश्यक परे थप कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने सरकारको तयारी रहेको बताइएको छ। 

हालसम्म यस प्रकरणमा कसैलाई पक्राउ गरिएको छैन। सरकारी पक्षले छानबिन निष्पक्ष, तथ्यमा आधारित र कानुनअनुसार अघि बढाइने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै