प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको आज संसदीय सुनुवाइ हुँदै
काठमाडौं।निर्वाचन आयोगका प्रस्तावित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको आज संसदीय सुनुवाइ हुँदैछ।
सिंहदरबारमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित दुवै आयुक्तको कार्ययोजना तथा अवधारणामाथि छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।
समितिले तय गरेको कार्यतालिकाअनुसार आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ आज र प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ भोलि हुने भएको छ।
संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रस्तावित पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।












