बजार अनुगमनमा ४ हजार ४८१ फर्म, ५३७ लाई जरिवाना – Sagarmathapana:: Online News Portal

बजार अनुगमनमा ४ हजार ४८१ फर्म, ५३७ लाई जरिवाना

   २०८३ श्रावण ८ गते  

काठमाडौँ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम बजार अनुगमनलाई तीव्रता दिएको छ।

विभागका अनुसार उक्त अवधिमा ४ हजार ४८१ वटा फर्ममा अनुगमन गरिएको छ। अनुगमनका क्रममा ५३७ वटा फर्मलाई जरिवाना गरिएको छ भने जरिवानाबापत २ करोड ६१ लाख २३ हजार ३०० रुपैयाँ संकलन भएको छ।


त्यस्तै, ३६२ वटा फर्मसँग कागजात माग गरिएको, ३ हजार ४६२ वटा फर्मलाई निर्देशन दिइएको र ११५ वटा फर्म सामान्य अवस्थामा रहेको विभागले जनाएको छ। अनुगमनका क्रममा ४ वटा फर्मको वस्तु नष्ट गरिएको तथा १ वटा फर्मबाट सामान फिर्ता पठाइएको विवरणमा उल्लेख छ।

यसैगरी, हेलो सरकारमार्फत प्राप्त ३२० वटा गुनासोमध्ये २३६ वटा फर्छ्योट गरिएको छ। विभागको गुनासो प्रणालीमा प्राप्त ९८० गुनासोमध्ये ९२१ वटा फर्छ्योटको अवस्थामा र ५८ वटा प्रक्रियामा रहेको विभागले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै