मिस सुप्रानेशनल २०२६ का लागि पूर्णिमा कार्की पोल्याण्ड प्रस्थान – Sagarmathapana:: Online News Portal

मिस सुप्रानेशनल २०२६ का लागि पूर्णिमा कार्की पोल्याण्ड प्रस्थान

   २०८३ असार ३२ गते  

काठमाडौं।मिस सुप्रानेशनल नेपाल २०२६ की विजेता तथा उदयपुरको कटारी नगरपालिका–४ निवासी पूर्णिमा कार्की प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्याण्ड प्रस्थान गरेकी छन्।

कानून विषयमा स्नातक अध्ययन पूरा गरेकी तथा सञ्चारकर्मीसमेत रहेकी कार्कीले विश्वका विभिन्न देशबाट सहभागी हुने प्रतिस्पर्धीहरूसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन्। मिस सुप्रानेशनल विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ, जहाँ सौन्दर्यसँगै व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र प्रस्तुतीकरणको पनि मूल्याङ्कन गरिन्छ।

यस वर्षको मिस सुप्रानेशनल २०२६ को ग्रान्ड फिनाले जुलाई ३१ मा पोल्याण्डमा आयोजना हुने तय भएको छ।  

पूर्णिमा कार्कीको अन्तर्राष्ट्रिय सहभागिताले उदयपुरको कटारीसहित समग्र नेपालको पहिचान विश्वमञ्चमा अझ सशक्त रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनका लागि देशभरबाट शुभकामना व्यक्त भइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै