एलपी ग्यासमा कालोबजारी रोक्न सरकारलाई संसदीय समितिको कडा निर्देशन – Sagarmathapana:: Online News Portal

एलपी ग्यासमा कालोबजारी रोक्न सरकारलाई संसदीय समितिको कडा निर्देशन

   २०८३ असार ३२ गते  

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा देखिँदै आएको कालोबजारी, कृत्रिम अभाव र आपूर्ति व्यवस्थापनका समस्या तत्काल नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति रहबर अन्सारीले उपभोक्तालाई सहज र नियमित ग्यास आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न मन्त्रालयलाई आग्रह गरेका हुन्। साथै, एलपी ग्यासको दीर्घकालीन समाधानका रूपमा पाइपमार्फत ग्यास आपूर्ति विस्तार गर्न सकिने सम्भावना, त्यसको प्रभाव तथा आवश्यक अध्ययन–अनुसन्धान गरी सात दिनभित्र विस्तृत प्रतिवेदन समितिमा पेश गर्न निर्देशन दिइएको छ।

समितिले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्तामाथि अनावश्यक भार पर्ने गतिविधिप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै प्रभावकारी अनुगमन र नियमनलाई थप सुदृढ बनाउन पनि मन्त्रालयलाई सचेत गराएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै