विश्वकप इतिहासमा मेस्सीको अर्को कीर्तिमान, १० असिस्ट गर्ने पहिलो खेलाडी – Sagarmathapana:: Online News Portal

विश्वकप इतिहासमा मेस्सीको अर्को कीर्तिमान, १० असिस्ट गर्ने पहिलो खेलाडी

   २०८३ असार २८ गते  

काठमाडौं।अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। २०२६ फिफा विश्वकप अन्तर्गत स्विट्जरल्याण्ड विरुद्धको क्वार्टरफाइनलमा एलेक्सिस म्याक एलिस्टरको गोलका लागि उत्कृष्ट असिस्ट गर्दै मेस्सी विश्वकप इतिहासमै १० असिस्ट गर्ने पहिलो खेलाडी बनेका हुन्।  

यसअघि इजिप्ट विरुद्धको खेलमा नवौं असिस्ट गर्दै उनले अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाको आठ असिस्टको कीर्तिमान तोडेका थिए। स्विट्जरल्याण्ड विरुद्धको खेलमा थप एक असिस्ट गर्दै उनले आफ्नै कीर्तिमानलाई अझ उचाइमा पुर्‍याएका छन्।  

३९ वर्षीय मेस्सीले यस विश्वकपमा गोलसँगै असिस्टमार्फत पनि अर्जेन्टिनाको सफल यात्रामा निर्णायक योगदान दिइरहेका छन्। उनको यो नयाँ उपलब्धिले विश्व फुटबलमा उनलाई सर्वकालीन महान खेलाडीमध्ये एकका रूपमा थप मजबुत बनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै