विराटनगरको भाट–भटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा – Sagarmathapana:: Online News Portal

विराटनगरको भाट–भटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा

   २०८३ असार २७ गते  

काठमाडौं।विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर आज (शनिबार) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। भाट–भटेनी सुपर मार्केट प्रा.लि.ले जारी गरेको विज्ञप्तिअनुसार स्टोरले आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार ग्राहकको सुविधा, सहज खरिद अनुभव तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहनेछ। आधुनिक सुविधा र व्यवस्थित सेवामार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिने उनले बताए।

स्टोर पुनः सञ्चालनको अवसरमा कम्पनीले सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि यही विश्वास र सहयोग कायम रहने अपेक्षा कम्पनीले व्यक्त गरेको छ।

भाट–भटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोर पुनः सञ्चालनसँगै ग्राहकलाई सहज, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै