ग्यालेक्सीमा १८ महिनामा रविको तलब १ करोडभन्दा बढी
काठमाडौं । गोर्खा मिडिया प्रालिमा सञ्चालक तथा प्रबन्ध निर्देशक रहँदा रवि लामिछानेले १८ महिनामा १ करोडभन्दा बढी तलब बुझेको पाइएको छ ।
सहकारी ठगीबारे छानबिनका लागि गठन भएको संसदीय समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा लामिछानेले १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको उल्लेख छ।
गोरखा मिडियाका अध्यक्ष जीबी राईले आर्थिक वर्ष २०७८/७९मा ३० लाख रुपैयाँ तलबका रुपमा बुझेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।












