यी हुन् रवि लामिछानेको हस्ताक्षरसहित काटिएको चेक – Sagarmathapana:: Online News Portal

यी हुन् रवि लामिछानेको हस्ताक्षरसहित काटिएको चेक

   २०८१ आश्विन ५ गते  

काठमाडौं : गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न मितिमा हस्ताक्षरसहित १६ वटा चेक काटेको पाइएको छ।

सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको सार्वजनिक भएको प्रतिवेदनमा १६ वटा चेक काटेको पाइएको उल्लेख छ।

प्रतिवेदनअनुसार रविले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको थियो। तर, समितिलाई प्राप्त विवरणअनुसार निज रवि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ।  उनले विभिन्न मितिमा २३ कराेड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँकाे चेक काटेकाे प्रतिवेदनमा उल्लेख छ।                           यी हुन् रविको हस्ताक्षरसहित काटिएको चेक

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै