हिमाल घर्ती मगरको लोकपप गीत ‘ए साइली’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

हिमाल घर्ती मगरको लोकपप गीत ‘ए साइली’ सार्वजनिक

   २०८३ असार ६ गते  

काठमाडौं।नेपाली लोकपप संगीतमा नयाँ आयाम थप्ने उद्देश्यसहित गायक हिमाल घर्ती मगरको नयाँ गीत ‘ए साइली’ सार्वजनिक भएको छ। मौलिक लोकभाका र आधुनिक संगीत शैलीको संयोजनमा तयार गरिएको गीतले संगीतप्रेमीमाझ उत्साह थपेको छ।

गीतमा हिमाल घर्ती मगरकै शब्द, संगीत तथा स्वर रहेको छ। प्रेम, ग्रामीण परिवेश र नेपाली समाजका यथार्थ पक्षलाई समेटिएको गीतले विशेषगरी युवा पुस्तासहित लोकसंगीतका पारखीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

गीतको भिडियोमा करण शाही र प्रिती गुरुङको अभिनय रहेको छ। गणेश सापकोटाले छायांकन गरेको भिडियोको सम्पादन तथा रङ संयोजन राकेश दाहालले गरेका छन् भने निर्देशन विकास पुन मगरले गरेका हुन्।

‘ए साइली’ गायक हिमाल घर्ती मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। मौलिकता र आधुनिक प्रस्तुतिको समिश्रण रहेको यस गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै