यादवको विवादास्पद टिप्पणीपछि राजनीतिक तरंग: सूर्य थापाको कडा प्रतिवाद
काठमाडौं।पुरोषोत्तम यादव ले पूर्वप्रधानमन्त्री KP Sharma Oli प्रति लक्षित गर्दै दिएको कडा अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। यादवले ओलीलाई संकेत गर्दै “कारागारको ढोकामा हुनुपर्ने अपराधी हस्पिटलको बेडबाट संसदमा कुविचार पठाउँदैछ” भन्ने टिप्पणी गरेका थिए।
यादवको उक्त अभिव्यक्तिप्रति नेकपा (एमाले) का नेता Surya Thapa ले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।
थापाले लेखेका छन् कि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट माइतीघर मण्डलामा भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति लिने व्यक्ति नै पुरोषोत्तम यादव भएको उल्लेख गर्दै संसद भवनमा आक्रमण र आगजनीको घटनामा उनको संलग्नता रहेको आशंका व्यक्त गरेका छन्।


उनले थप प्रश्न उठाउँदै लेखेका छन्— “संसद भवनमा आक्रमण र आगजनी गर्न सुधन गुरुङले बाँडेको पानी खाँदै यिनले नवयुवालाई किन लगे र कसको इशारामा लगे? गौरीबहादुर कार्कीले नखोजे पनि दुनियाँले खोजिरहेका छन्। यिनलाई केरकार र छानबिन गर्ने कोही छैन? रक्तपात, लुटपाट र विध्वंसको जवाफदेही यिनी हुनुपर्दैन?

थापाको यो अभिव्यक्तिपछि यादवको टिप्पणी र त्यसको प्रतिक्रिया दुवै विषयमा राजनीतिक वृत्तमा बहस चर्किएको छ। विपक्षी र सत्तापक्षबीच आरोप–प्रत्यारोप बढ्दै जाँदा घटनाबारे निष्पक्ष छानबिनको माग समेत उठ्न थालेको छ।
यस घटनाले संसद र सडक दुवै क्षेत्रमा राजनीतिक ध्रुवीकरण अझ तीव्र हुने संकेत देखिएको विश्लेषकहरू बताउँछन्।












