जनैपूर्णिमा मेलाअघि गोसाइँकुण्डमा पहिलो पटक पुग्यो बिजुली – Sagarmathapana:: Online News Portal

जनैपूर्णिमा मेलाअघि गोसाइँकुण्डमा पहिलो पटक पुग्यो बिजुली

   २०८१ भाद्र ३ गते  

काठमाडौं ।  रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको हो । बत्ती पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै