गट्ठाघर दुर्घटनाका मृतक आफ्नो बहिनी भएको दाबी गर्ने युवक पक्राउ – Sagarmathapana:: Online News Portal

गट्ठाघर दुर्घटनाका मृतक आफ्नो बहिनी भएको दाबी गर्ने युवक पक्राउ

   २०८१ श्रावण ३२ गते  

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा मृत्यु भएका व्यक्तिलाई आफ्नो बहिनी भएको दाबी गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका-४ का अन्दाजी ३० वर्षीय शम्भु नेपाली रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनालगत्तै आफ्नी २३ वर्षीय बहिनीको मृत्यु भएको भन्दै नेपालीले प्रहरीमा विवरण टिपाएका थिए । प्रहरीले सोही विवरण सञ्चारमाध्यमलाई उपलब्ध गराएको थियो ।

तर, नेपालीले भनेझैं २३ वर्षीया युवती नभई ६५ वर्षीय वृद्धको मृत्यु भएको खुलेसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यसअघि पनि उनले पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको छ ।

हिजो पनि उनले आफ्नो बहिनीको मृत्यु भएको भन्दै भिडलाई उक्साएर भागेका थिए । जसकारण प्रहरीले अश्रु ग्यास नै प्रहार गर्नु परेको थियो  उक्त दुर्घटनामा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै