खोटाङमा हलेसी तुवाचुङ लगातार दोस्रो पटक उत्कृष्ट,कार्यसम्पादनमा पहिलो – Sagarmathapana:: Online News Portal

खोटाङमा हलेसी तुवाचुङ लगातार दोस्रो पटक उत्कृष्ट,कार्यसम्पादनमा पहिलो

   २०८२ फाल्गुन १ गते  

काठमाडौँ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा हलेसी तुवाचुङ नगरपालिका लगातार दोस्रो पटक खोटाङ जिल्ला मै पहिलो भएको छ।

आयोगले कुल १७ सूचकका आधारमा गरेको मूल्याङ्कनमा हलेसी तुवाचुङले ७२.५५ अङ्क प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। अघिल्लो वर्ष पनि सो नगरपालिका जिल्लाका १० स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको थियो।

प्रमुख तीन स्थानीय तह र प्राप्त अङ्क

जिल्लाका अन्य पालिकामध्ये बराहपोखरी गाउँपालिका ले ६५.८४, जन्तेढुंगा गाउँपालिका ले ६४.८४, दिप्रुङ चुइचुम्मा गाउँपालिका ले ६३.१४, केपिलासगढी गाउँपालिका ले ५८.७७, ऐसेलुखर्क गाउँपालिका ले ५४.४० तथा रावा बेसी गाउँपालिका ले ५३.१७ अङ्क प्राप्त गरेका छन्।

४८.९४ अङ्कसहित साकेला गाउँपालिका जिल्लाको अन्तिम स्थानमा रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार समयमै बजेट सार्वजनिक तथा पारित गरेको अवस्था, राजस्व परिचालन, बजेट समीक्षा, बेरुजु व्यवस्थापन, विद्यार्थी भर्ना दर, स्वास्थ्य सूचक तथा सामाजिक सुरक्षा लगायतका १७ वटा मापदण्डलाई मूल्याङ्कनको आधार बनाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै