एभरेस्ट वुमन्स भलिबल लिगका ६ मार्की खेलाडी घोषणा
काठमाडौं। एभरेस्ट वुमन्स भलिबल लिगका ६ जना मार्की खेलाडीको घोषणा भएको छ। ६ फ्रेन्चाइजका ६ जना मार्की खेलाडी घोषणा गरिएको हो।
मार्की खेलाडीले जनही एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने बुझिएको छ। नेपालमा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो।












