काभा महिला भलिबल लिगको फाइनलमा नेपालले आज भारतसँग खेल्ने – Sagarmathapana:: Online News Portal

काभा महिला भलिबल लिगको फाइनलमा नेपालले आज भारतसँग खेल्ने

   २०८१ श्रावण २३ गते  

काठमाडौँ । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो ।

नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो । योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

अब नेपालले उपाधिका लागि आज भारतसँग खेल्नेछ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो । पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै